जेभियर र रिलायन्स कलेज उपाधि नजिक

आयोजक जेभियर र रिलायन्स कलेज तेश्रो जेभियर इन्टरनेश्नल कप यु–१९ महिला तथा पुरुष बास्केटबल प्रतियोगिताको उपाधि नजिक पुगेका छन् ।
पुरुष यु–१९ को आईतवार साझ भएको सेमिफाईनल खेलमा जेभियरले प्राईमलाई ६६–४४ को स्कोरले हरादा बिनेश न्यौपानेले सर्वाधिक २७ स्कोर गरेका थिए । जेभियरले चारै क्वाटर ११–८,१७–१७,१३–९ र २२–१२ ले आफ्नो पक्षमा पारेको थियो । दोश्रो सेमिफाईनलमा रिलायन्सले ओमेगा कलेजमाथी ५६–५५ को रोमान्चक जित निकाल्यो । अन्तिम सेकेन्डमा ५५–५४ ले अगाडि रहेको अवस्थामा ओमेगाका खेलाडीले फल खेल पछि पाएको टु सटको सदुपयोग गदै रिलायन्सले नतिजा आफ्नो पक्षमा पार्न सफल भएको थियो ।

 

Comment