लिभरपुल क्वाटर फाइनलमा

ncell basketball1
लिभरपुल एनसेल यु–१८अन्तरकलेज बास्केटबल प्रतियोगितामा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।    लिभरपुलले एलआरआई कलेजलाई ५९–५५ ले पराजित ग¥यो । विजयीटिमकालागि आशिषबस्नेतले २९ अंक जोडे ।
पहिलो क्वाटरमा १३–१८ ले पछि परेको लिभरपुल त्यसपछिको खेलमा फर्कदै जित सुनिश्चित ग¥यो । लिभरपुलले दोश्रोमा २२–१८, तेश्रोमा १०–९ र चौथोमा १४–१०को अग्रता बनायो ।     प्राइमले टाइम्सलाई ४३–३९ ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित ग¥यो । प्राइमका निश्चल महर्जनले १९ स्कोर गरे ।
पहिलो क्वाटरमा १०–८को अग्रता बनाएको प्राइम दोश्रोमा ५–८ ले पछि प¥यो । प्राइमले तेश्रोमा २०–८ र चौथोमा ८–१५ अंक जोड्यो ।     क्वाटरफाइनल पुगिसकेको गोल्डेनगेट इन्टरनेसनल कलेजले नासा इन्टरनेसनल कलेजलाई ७७–४३ ले पाखा लगायो । विजेताका खुकेन लामाले १५ अंकजोडे ।

Comment