ग्रिनल्याण्ड बास्केटबल मंगलवार देखि

thakin
ग्रिनल्याण्ड स्कुलको आयोजनामा तेश्रो क्विईक्स चिजबल ग्रिनल्याण्ड अन्तर बिद्यालय बास्केटबल प्रतियोगिता मंगलवार देखि संचालन हुने आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराएको छ । धापासी स्थित ग्रिनल्याण्ड स्कुलमा भएको पत्रकार सम्मेलनमा काठमाण्डौं जिल्ला प्याप्सनका अध्यक्ष एवंम् आयोजक स्कुलका प्रिन्सिपल थकिन कुमार गुरुङले बिद्यालय स्तरीय प्रतियोगिताबाट मात्र नव प्रतिभाको उत्पादन गर्न सकिने धारण राखे । स्कुल टु ओलम्पिकको नारालाई सार्थक पार्न बिद्यालय खेलकुदमा राज्यले बिशेष चासोका साथ लागानि गर्नुपर्ने गुरुङले बताए । आश्विन १ गते सम्म संचालन हुने प्रतियोगितामा  १ लाख ७५ हजार खर्च लाग्ने प्रतियोगिता संयोजक बिनोद धिमिरेले पत्रकार सम्मेलनमा बताए । सो अवसरमा प्राबिधिक संयोजक पुर्ण न्यौपानेले लिगकम नकाउटका आधारमा खेलाईने प्रतियोगितामा जुनियर ब्वाईजतर्फ  १६ टिम तथा सिनियर ब्वाईजमा २४ टिमको सहभागिता रहेको जानकारी गराए ।

Comment