नेरिक र भ्यालीपब्लिकले जिते उपाधि

valley 2
नेरिक र भ्यालीपब्लिक स्कुलले पन्ध्रौं वल्सन हुप अन्तर बिद्यालय बास्केटबल प्रतियोगितामा आईतवार  उपाधि जितेका छन् । शंखमुलको नेरिक स्कुलले दोहोरो उपाधि हात पारेको छ । जुनियर ब्वाईजको खेलमा नेरिकले ग्रिनफिल्डमाथी २५–२४ को रोमान्चक जित निकाल्यो । नेरिकबाट उत्कृष्ट खेल प्रर्दशन गदै क्रिजन पन्तले १६ स्कोर गरे । सिनियर ब्वाईजको फाईनल खेलमा अंकित भण्डारीको महत्वपुर्ण १७ स्कोरको मद्दतमा नेरिकले बाबालाई ६१–५८ ले हरायो । नेरिकका अंकित भण्डारी सिनियर तर्फ तथा नेरिककै असिम भण्डारी जुनियरतर्पmको उत्कृष्ट खेलाडी चुनिए ।
सिनियर गल्र्सको फाईनलमा भ्यालीपब्लिकले न्युभिजनलाई ३६–१४ को फराकिलो अन्तरले हरायो । भ्यालीको जितमा उत्कृष्ट प्रर्दशन गरेकी रोशनी श्रेष्ठले सर्वाधिक १७ स्कोर गरिन् । गल्र्समा भ्यालीकी सुष्मा गौतम उत्कृष्ट खेलाडी भईन् । बाफल स्थित आयोजक स्कुलको कोर्टमा भएको स्टाफतर्फको थ्री वाई थ्री बास्केटबलको उपाधि महामन्जुश्रीले जित्यो । उसले  बाबालाई २१–१५ ले हराउदा १२ स्कोर गरका अजय नेपाली उत्कृष्ट खेलाडी चुनिए । बिजेता टिमलाई सभासद राजिब बिक्रम शाहले पुरस्कृत गरे ।

Comment