मोर्गन र गोल्डेनगेट क्वाटरफाइनलमा

मोर्गन इन्टरनेसनल कलेज र गोल्डेनगेट इन्टरनेसनल कलेज एनसेल यु–१८ अन्तरकलेज बास्केटबल प्रतियोगितामा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
मोर्गनले चारै क्वाटरमा अग्रता हासिल गर्दै नामी कलेजलाई ७५–१२ ले पराजित ग¥यो । मोर्गनको सहज जितमा पवन गुरुङले २१ अंक जोडे ।मोर्गनले पहिलोमा २१–०, दोश्रोमा १७–२, तेश्रोमा ११–६ तथा चौथोमा २६–४ अंक जोड्यो ।
गोल्डेनगेटले क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) लाई ६०–४५ ले हरायो । गोल्डेनगेटका युवराज तामाङले १३ अंक जोडे ।
पहिलो क्वाटरमा १५–१३ को अग्रता बनाएको गोल्डेनगेटले दोश्रोमा १६–१४, तेश्रोमा १३–८ र चौथोमा १६–१० को अग्रता हासिल ग¥यो ।
अर्को खेलमा ट्रिनिटी इन्टरनेसनल कलेजले साइपाल एकेडेमीलाई ६२–५१ ले पन्छायो । ट्रिनिटीका वीरेन्द्रजंग थापाले १६ स्कोर गरे ।
ट्रिनिटीले सुरुका दुई क्वाटरमा समान १७ स्कोर गर्दा साइपालले क्रमशः १५ र १० अंक जोड्यो । ट्रिनिटीले तेश्रोमा १४–८ को प्रदर्शन ग¥यो भने चौथोमा १४–१८ ले पछि प¥यो ।

Comment