भ्यालीपब्लिक र न्युभिजन उपाधि नजिक

भ्यालीपब्लिक र न्युभिजन स्कुल ्पन्ध्रौं वल्सन हुप अन्तर बिद्यालय बास्केटबल प्रतियोगितामा शनिवार उपाधि नजिक पुगेका छन् ।  सिनियर गल्र्सको सेमिफाईनलमा भ्यालीपब्लिकले एचएचसीएलाई २९–२४ ले हराउदा सुष्मा गौतमले सर्वाधिक ९ स्कोर गरिन् । दोश्रो सेमिफाईनलमा न्युभिजनले श्रीदिवालाई ३१–२४ ले हराउदा लक्ष्मी चौधरीले सर्वाधिक १६ स्कोर गरेकी थिईन् ।
सिनियर ब्वाईजमा दिपेन्द्र भण्डारीको सर्वाधिक २२ स्कोरको मद्दतमा नेरिकले बुद्ध एकेडेमीलाई ६५–६० ले हराउदै फाईनलमा बाबासग भेट पक्का गर्यो ।
जुनियरतर्फको सेमिफाईनलमा नेरिकले बाबालाई ४०–३० ले हराउदा किरण पन्थले सर्वाधिक २६ स्कोर गरे । दोश्रो सेमिमा ग्रिन्डफिल्डले रुपिजलाई ३६–७ ले हराउदा राज लामाले १९ स्कोर गरे ।
बाफल स्थित आयोजक स्कुलको कोर्टमा भएको स्टाफतर्फको  खेल महामन्जुश्री र बाबा फाईनल प्रवेश गरेका छन् ।

Comment