मोर्गनको दोश्रो जित

ncell basketball
मोर्गन इन्टरनेसनल कलेजले एनसेल यु–१८ अन्तरकलेज बास्केटबल प्रतियोगितामा शनिबार लगातार दोश्रो जित हात पारेको छ । मोर्गनसंगै एलआरआई कलेज र प्राइम कलेजले पनि दोश्रो जित दर्ता गरे ।     लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको लिगमा मोर्गनले ह्वाइटहाउसलाई ५३–२४ ले पराजित ग¥यो । मोर्गनका सोहर्त शाहले १७ अंक जोडे ।
अन्तिम क्वाटरसम्म अग्रतालाई कायमै राखेको मोर्गनले पहिलोमा १६–८, दोश्रोमा १३–७, तेश्रोमा ११–९ र चौथोमा १३–० को प्रदर्शन ग¥यो ।    एआरआईले ट्रिनिटी इन्टरनेसनल कलेजलाई ६९–४५ ले हरायो । एलआरआईका विवेक श्रेष्ठले उत्कृष्ट प्रदर्शन गर्दै ४६ स्कोर गरे ।
एलआरआईले ट्रिनिटीलाई कुनैपनि क्वाटरमा अग्रता लिने मौका दिएन । एलआरआईले पहिलोमा १४–११, दोश्रोमा १५–६, तेश्रोमा १६–१३ र चौथोमा २४–१५ अंक जोड्दै जित अन्तर फराकिलो बनायो ।आइडियल मोडेल कलेज विरुद्धको खेलमा प्राइम ५४–४० ले विजयी भयो । प्राइमका सुरज खड्गीले १७ अंक बटुले ।
पहिलो क्वाटर ९–९ को बराबरीमा टुंगियो । बाँकीका क्वाटरमा प्राइमले क्रमशः १४–६, १८–१६ र १३–९ ले अग्रता लिदै जित सुनिश्चित ग¥यो ।

 

Comment