आदर्श र रैना पहिलो

?????
प्रथम किड्स ट्रायथलन प्रतियोगिताको ब्वाइजमा आदर्श कार्की र गल्र्समा रैना अग्रवाल शनिबार पहिलो भएका छन् । सहभागीले ५० मिटर पौडी, १.५ किलोमिटर साइक्लिङ र ५ सय मिटर दौड पूरा गर्नु पर्नेमा समग्रमा आदर्शले ६ मिनेट १० सेकेन्ड समय लगाउदै शीर्ष स्थान हात पारे । दोश्रो भएका उर्गान महर्जनले ६ मिनेट १६ सेकेन्ड तथा तेश्रो भएका नासिर याकुब हुसैनले ६ मिनेट २४ सेकेन्ड समय निकाले ।
त्यस्तै रैनाले ६ मिनेट ५० सेकेन्ड समय खर्चिन् । ७ मिनेट ०४ सेकेन्डमा अलेक्जेन्डर ब्राडफोर्ड दोश्रो तथा ७ मिनेट ३० सेकेन्डमा जाना मर्ज तेश्रो स्थानमा रहे ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले पुरस्कृत गरे । नेपाल ट्रायथलन संघले सातदोबाटोमा आयोजना गरेको एकदिने प्रतियोगितामा १ सय प्रतिस्पर्धी सहभागी थिए ।

Comment