नेरिकको दुवै टिम सेमिफाईनलमा

wilson basketball
नेरिक स्कुलको दुवै टिम पन्ध्रौं वल्सन हुप अन्तर बिद्यालय बास्केटबल प्रतियोगितामा शुक्रवार सेमिफाईनलमा प्रवेश गरेका छन् । सिनियर ब्वाईजमा अंकित भण्डारीको सर्वाधिक २३ स्कोरको मद्दतमा नेरिकले माउण्ड कैलासलाई ६५–४१ ले हरायो । जुनियरतर्फको खेलमा नेरिकले ह्वाईटफिल्डलाई २८–११ ले हराउदा दिपक आलेमगरले सर्वाधिक ९ स्कोर गरे । सिनियर ब्वाईजमै हिम्सले हिमालयनलाई ६२–४१ ले हराउदै अन्तिम चारमा स्थान बनायो । हिम्सका तेन्जीङ थप्केले २७ स्कोर गरे । त्यसै गरि जुनियर ब्वाईजमा रुपिजले विस्डनलाई २२–१४ले हराउदै सेमिफाईनलमा प्रवेश गर्यो । रुपिजका दिवस अधिकारीले १३ स्कोर गरे ।

बाफल स्थित वल्सन एकेडेमीको कोर्टमा भएको सिनियर गल्र्सको  क्वाटरफाईनल मा जित निकाल्दै भ्यालीपब्लिक,एचएचसीए,श्रीदेवा र न्युभिजन अन्तिम चारमा पुगे । भ्यालीपब्लिकले ब्रिटिसलाई ३६–९ ले हराउदा प्रतिक्षा मगरले १४ स्कोर गरे । एचएचसीएले बाबालाई ३६–३३ ले हराउदा शुशिला तामाङले १६ स्कोर गरिन् । मनिसा गुरुङको ८ स्कोरको मद्दतमा न्यु भिजनले मल्पीमाथी २३–२२ को रोमाञ्चक जित निकाल्यो । श्रीदेवाले टिआईएलाई ३८–२८ ले हरादा रिता शेर्पाले १५ स्कोर गरिन् ।

Comment