जिवनराम ओलम्पिक कमिटीका अध्यक्ष

jeevanram s

जिवनराम श्रेष्ठ नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा  निर्वाचीत भएका छन् । बिहिबार भएको निर्वाचनमा जिवनरामले १७ तथा अर्का प्रत्यासी उमेसलाल श्रेष्ठले नौ मत पाए । यसैगरी, महासचिवमा लामा टेन्डी शेर्पा निर्वाचीत भए । टेन्डीले १७  मत पाए । उपाध्यक्षमा पुरेन्द्र विक्रम लाखे, ज्योती राणा, राजेन्द्र बान्तवा र धिरेन्द्र प्रधान सर्वसम्मत भए । सहमसचिवमा राजीव श्रेष्ठ निर्वाचीत भए । उनले १३ मत पाए । कोशाध्यक्षमा रत्तन टण्डन निर्बीरोध भए । सदस्यमा सुनील श्रेष्ठ, तेज गुरुंग र आंग डेन्डु शेर्पाले २६ मत पाए । रमेस श्रेष्ठले २४ ,सञ्जिव तुलाधर र असोक बज्राचायले २४ मत पाए । समिम मिया अन्सारीले २३ मत पाए । निलेन्द्र राज श्रेष्ठले १८ तथा दिपक हर्ष बज्राचार्यले १७ मत पाए । यसै सबै निर्वाचीत भए ।
अध्यक्षमा निर्वाचीत श्रेष्ठ यस अघि दुइ कार्यकाल महासचिव थिए ।

Comment