नेरिकको दोहोरो जित

wilson
नेरिक एकेडेमीले पन्ध्रौं वल्सन हुप अन्तर बिद्यालय बास्केटबल प्रतियोगितामा सोमवार दोहोरो जित हात पारेको छ । शंखमुलको नेरिकले जुनियर ब्वाईजमा विस्डन एकेडेमीलाई ३–१० ले हराउदा दिपक आलेमगरले सर्वाधिक ८ स्कोर गरे । सिनियर ब्वाईजको खेलमा अंकित भण्डारीको १५ स्कोरको मद्दतमा नेरिकले योङहार्टलाई ४१–१७ ले हरायो । त्यस्तै सिनियर ब्वाईजमा बुद्ध एकेडेमीले रिब्सलाई ४८–२१ ले हराउदा तास्वाङ लामाले २० स्कोर गरे ।
बाफल स्थित वल्सन एकेडेमीको कोर्टमा भएको जुनियर ब्वाईजको खेलमा रुपिज इन्टरनेश्नल स्कुल बिजयी भयो । उसले ह्वाईटफिल्डलाई ३२–२४ ले हराउदा दिवस अधिकारीले सर्वाधिक १४ स्कोर गरेका थिए ।
सिनियर गल्र्सको खेलमा टिआईए बिजयी भयो । कर्मा शेर्पाको ११ स्कोरको मद्दतमा टिआईएले आयोजक वल्सनलाई ३२–१२ स्कोरमा रोक्यो । अन्य खेलमा एचएचसीएले रिब्सलाई ३७–१३ र मल्पीले जेम्सलाई ४७–१७ ले हरायो ।

Comment