प्राईम क्वाटरफाईनलमा

javier cupप्राईम कलेज तेश्रो जेभियर इन्टरनेश्नल कप यु–१९ महिला तथा पुरुष बास्केटबल प्रतियोगितामा क्वाटर फाईनलमा प्रवेश गरेको छ । पुरुष यु–१९ को आफ्नो अन्तिम लिग खेलमा प्राईमले हिमालयलमाथी ६३–३८ को सहज जित निकाल्दा सोनम लामाले सर्वाधिक १५ स्कोर गरे । अन्य खेलबाट सफलता हात पादै रिलायनस र टाइम्स पनि अन्तिम आठमा पुगे । रिलायनसले मल्पीलाई २८–२० ले हराउदा टाइम्सले सीसीआरसीलाई ६५–५९ ले स्तब्ध बनायो ।  रिलायनसका लागि सुदिप रानामगरले ८ तथा  टाइम्सका लागि सुजन गुरुङले १८ स्कोर गरे । ट्रिनिटि र रुपिज बीचको प्रतियोगिताकै अन्तिम लिग खेल भने बिवादका कारण स्थगित भएको छ ।

Comment