काठमाडौं खेलाडी छनोट पूरा

४४ औं गणेशमान सिंह स्मृति राष्ट्रिय कराते प्रतियोगिताकालागि काठमाडौं जिल्लाको खेलाडी छनोट सोमबार सम्पन्न भएको छ ।    त्रिपुरेश्वरस्थित केन्द्रीयडोजोमा सम्पन्नछनोटबाट पुरुषको ५० केजीमा वीरबहादुर तामाङ, ५५ केजीमा विजयप्रधान, ६० केजीमा राजिव त्रिपाठी, ६७ केजीमा हरिकृष्ण श्रेष्ठ, ७५ केजीमा सनिश श्रेष्ठ तथा ८४ केजीमाथि गणेश प्रसाद तिमल्सिना छानिए । पुरुषको व्यक्तिगत कातामा सनिश श्रेष्ठ तथा टिममा हरिकृष्ण श्रेष्ठ, सनिश श्रेष्ठ र सन्जिव अधिकारी छनोट भए ।
महिलाको ४५ केजीमा अप्सरा मोक्तान, ५० केजीमा अलिशा लामा, ५५ केजीमा सोनम तामाङ, ६७ केजीमा सुष्मा राई तथा ६८ केजीमाथि निर्मला राई पहिलो हुँदै छनोट भए । महिला एकल कातामा मन्दिरा थापातथाटिममाअलिस्ता सुवेदी, अप्सरा मोक्तान र मन्दिरा थापाछनिएकाछन् ।
एकदिने छनोट प्रतिस्पर्धामाकरिब १ सय खेलाडीले सहभागिता जनाएको छनोट प्रतियोगिताका संयोजक महेश रन्जितले जनाएका छन् । गणेशमान स्मृति राष्ट्रिय कराते ललितपुरको चापागाउँमा कात्तिक २३ देखि २५ सम्म हुनेछ ।

Comment