ह्वाईटहाउस सेमिफाईनलमा

ह्वाईटहाउस कलेज तेश्रो जेभियर इन्टरनेश्नल कप यु–१९ महिला तथा पुरुष बास्केटबल प्रतियोगितामा आईतवार सेमिफाईनलमा प्रवेश गरेकोछ । महिला यु–१९ को अन्तिम लिग खेलमा ह्वाईटहाउस कलेजले बर्नहाटमाथी १००–१८ को सहज जित निकाल्दै सेमिफाईनलमा मोर्गनसग भेट पक्का गरेकोछ । ह्वाईटहाउसकी भावना लामाले २० स्कोर गरिन् । अर्को सेमिफाईनलमा साइपल र एनसीसीएस बीच हुने  छन् ।
पुरुष यु–१९ को खेलमा साविक बिजेता जेभियरले साविक उपबिजेता सीसीआरसीमाथी ७३–५१ को सहज जित निकाल्दै समूह बिजेताको हैसियतले क्वाटरफाईनलमा प्रवेश गरेको छ । विजेता टिमका रबिन गौतमले सर्वाधिक २१ स्कोर गरेका थिए । पुरुष यु–१९ कै अन्य खेलमा प्राईम,ह्वाईटहाउस र रुपिजले जित निकालेका छन् । प्राईमले क्याम्पेनलाई ७३–२४ ले हराउदा निश्चल मर्हजनले १२ स्कोर गरे । प्राइम समूह डीबाट उपबिजेता भएर क्वाटर फाईनलमा स्थान बनाउदा ओमेगा समूह डीको बिजेताको हैसियतले अन्तिम आठमा पुग्यो ।

Comment