हेम्स सेफिाइनलमा

pabson1
लगातार दोहोरो जितहातपार्दै हेम्स छैटौं प्याब्सन मध्य क्षेत्रीय अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ । अनामनगरस्थित एसियन पब्लिक स्कुलको कोर्टमा हेम्सले स्पाङगललाई २९–११ तथा अक्सिडेन्टल पब्लिक स्कुललाई २४–११ ले पराजित ग¥यो ।
ब्वाइजमै काठमाडौं इङलिस स्कुल (केइएस) ले सूर्योदयलाई ३०–२५, डेनेबले न्यु डनबस्कोलाई ४९–१६, एसियन पब्लिकले आनन्द भूमिलाई ४६–२५, मार्वलसले लोयलालाई ३०–१० तथा अल्बर्टले ब्लु स्काइलाई ३५–१५ ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
प्याब्सनमध्य क्षेत्रीय समिति, काठमाडौंद्वारा आयोजित प्रतियोगिताको गल्र्समा डेनेबले अल्बर्टलाई २५–४ तथा आनन्द भूमिले लोयलालाई २३–० ले पाखा लगाउदै क्वाटरफाइनलमा पुग्यो ।
प्रतियोगिताको केन्द्रीय प्याब्सनका अध्यक्ष एवं सूर्योदयका प्राचार्य लक्ष्यबहादुर केसीले एक कार्यक्रम बीच उद्घाटन गरे । तीन दिने नकआउट प्रतियोगिताको ब्वाइजमा १५ तथा गल्र्समा १२ टिमको सहभागिता रहेको आयोजकका अध्यक्ष सुकुमार थपलियाले जनाएका छन् ।

Comment