राखेपको वार्षिकोत्सवमा विविध कार्यक्रम

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्नो ५२ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । ५२ औं वार्षिकोत्सव तयारी समितिका संयोजक एवं खेलकुद विकास विभागका प्रमुख कुलबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको हो ।
वार्षिकोत्सवको पहिलो दिन १३ भदौमा दीपावली गरिने छ । १४ भदौमा  रक्तदान र सरसफाइ हुनेछ । वार्षिकोत्सवको अन्तिम दिन १८ भदौमा  प्रशासनिक र प्राविधिक कर्मचारी दुवैतर्फ समान १–१ सर्वोत्कृष्ट, १–१ उत्कृष्ट र १–१ परिषद् सेवाबाट नगद सहित सम्मान गरिने छ । त्यस्तै परिषद्मा २० र २५ वर्ष पूरा गरेका कर्मचारीलाई पनि सम्मान गरिने छ ।
राखेप मातहतका सम्पूर्ण क्षेत्र र जिल्लामा पनि १३ र १४ भदौमा दीपावली, रक्तदान र सरसफाइ गर्ने कार्यक्रम छ ।

Comment