इन्द्रबहादुर गुरुङ स्मृति ब्याडमिन्टन प्रतियोगिता सुरु

pokhara volleyballe
पोखरा
कास्की जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा शुक्रबारदेखि पोखरा रड्डशालामा १४ औं संस्करणको जिल्लास्तरीय अन्तरमावि स्व. इन्द्रबहादुर गुरुङ स्मृति ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ। १४भदोसम्म सञ्चालन हुने प्रतियोगितामा दुई सरकारी, तीन अर्धसरकारी र १२ बोर्डिङ स्कुल गरी १७ विद्यालयका एक सय २३ जना विद्यार्थीको सभागिता रहेको छ। दुई सय २१ खेल हुने सो प्रतियोगिताको उद्घाटन गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले प्रतिस्पर्धात्मक खेलले खेलाडीको खेल क्षमता अभिवृद्धि गर्नुको साथै अध्ययनमा पनि सहयोग पु¥याउने बताए। उनले राष्ट्रको गरिमा बढाउने खेलाडीको राष्ट्रले कदर गर्नुपर्ने धारणा राखे।
कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङले ब्याडमिन्टन सङ्घ कास्की गत वर्ष उत्कृष्ट खेल सङ्घ घोषित भएको स्मरण गराउँदै यसको अनुसरण सबै खेलसङ्घले गर्नुपर्ने बताए। उनले सङ्घले उत्पादन गरेका खेलाडी एसियन गेमसम्म पुगेकोमा प्रशंसा गर्दै त्यसलाई निरन्तरता दिन आग्रह गरे।
प्याब्सन कास्कीका अध्यक्ष चिनु रानाभाटले सङ्घले निरन्तर प्रतियोगिता गरेर निजी विद्यालयप्रति गुन लगाएको भन्दै त्यसैकारण हाम्रा खेलाडी अन्तर्राष्ट्रियस्तरसम्म पुग्न सफल भएको बताए।
प्रतियोगिताका प्रायोजक टप्स उमाविका संस्थापक प्रिन्सिपल रत्नमान गुरुङले प्रतियोगितालाई प्रतिस्पर्धाको माध्यम भन्दा पनि सहकार्यको हिसाबले बुझ्नुपर्ने भन्दै यसले ब्याडन्टिनमा रुची राख्ने कास्कीका हरेक विद्यालय र विद्यार्थीलाई जागरुक बनाएको बताए।
माउण्ट एभरेष्ट बोर्डिङ स्कुलका संस्थापक प्रिन्सिपल हरिमाया शर्माले कास्की जिल्लामा ब्याडमिन्टन खेलको उद्गमस्थलमध्ये एक माउण्ट एभरेष्ट बोर्डिङ स्कुल पनि भएकोले विद्यालयका भूपू विद्यार्थी एवं राष्ट्रिय खेलाडी स्व.मोहन नेपालीको स्मृतिमा हरेक वर्ष एक छात्र र एक छात्रालाई पुरस्कृत गर्ने गरी विद्यालयले पाँच हजार पुरस्कारको मोहन स्मृति पुरस्कारको घोषणा गरिन्।
सहारा क्लबका अध्यक्ष वीरभद्र आचार्यले पोखरालाई खेलकुदको सहर बनाउनको लागि कास्की जिल्ला ब्याडमिन्टन सङ्घले पनि महŒवपूर्ण भूमिका खेलेको बताए।
कास्की जिल्ला ब्याडमिन्टन सङ्घका सल्लाहकार एवं प्रतियोगिता संयोजक पुरन कुँवरले संघका भूपू अध्यक्ष स्व. इन्द्रबहादुर गुरुङको स्मृति दिवसमा सङ्घले हरेक वर्ष उहाँकै नाउँमा प्रतियोगिता सञ्चालन गर्दै आएको जानकारी दिए।
प्रतियोगितामा छात्र एकल (१० कक्षासम्म), छात्रा एकल ( १० कक्षासम्म ), छात्र युगल (१० कक्षासम्म), छात्रा डबल युगल (१० कक्षासम्म), छात्र एकल, र छात्र एकलका विजेता र उत्कृष्ट उदीयमान खेलाडी एक जना गरी तीन जनालाई सङ्घको आन्तरिक स्रोतबाट एक–एक थान स्पोर्टस् साइकल पुरस्कार प्रदन गरिनेछ।
चार दिनसम्म सञ्चालन हुने प्रतियोगिता सम्पन्न गर्न दुई लाख ४५ हजार खर्च लाग्ने अनुमान गरिएको छ। प्रतियोगिता सम्पन्न गर्न सङ्घका सल्लाहकार पुनर कुँवरको संयोजकत्वमा ७३ सदस्यीय मूल आयोजक समिति तथा विभिन्न १२ वटा उपसमिति गठन गरिएको छ।
कास्की जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष डम्मरसिंह गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहसचिव दुर्गाप्रसाद जोजिजूले गरेका थिए।

Comment