धमला अडर अवार्डबाट सम्मानित

dhamalae
नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघ (आइटिएफ)का उपाध्यक्ष  अन्जन धमला बुल्गेरीयामा अडर अवार्ड बाट सम्मानित भएका छन् । धमलाले तेक्वान्दोको विकास विस्तारमा बिशेस भुमिका निभाएको भन्दै अन्तर्राष्ट्रि«य तेक्वान्दो महासंघ (अष्ट्रि«या) ले सम्मान गरेको हो । अष्ट्रि«याले बिभिन्न राष्ट्रका पदाधिकारी तथा प्रशिक्षकबाट उत्कृष्ट ब्यक्तित्वलाई छनोट गरि प्रत्येक दुर्ई–दुई वर्षमा सम्मान गदै आएको छ । यस बर्ष भने नेपालका धमला छनोटमा परेका हुन ।
बुल्गेरियाको प्लोभदिभ शहरमा अन्तर्राष्ट्रि«य तेक्वान्दो महासंघको २५ औं महाधिवेशनको अवसरमा  सम्मान ग्रहण गदै धमलाले खुसी ब्यक्त गदै भने यो अवार्ड आफ्नो लागि मात्र नभई समग्र नेपाली खेलकुद विकासको लागि  महत्वपर्ण रहेको बताए । उनले आफ्नो अनुभव,शिप र कौशललाई इमान्दार खेलकर्मीको हैसियतले खेलकुदको बिकास र बिस्तारमा सर्मपित रहि रहने प्रतिबधर्ता ब्यक्त गरे । धमलाले  बुल्गेरियामा अन्तर्राष्ट्रि«य प्रशिक्षक प्रशिक्षण कोर्ष र अन्तर्राष्ट्रि«य रेफ्रिकोर्षमा समेत सहभागीता जनाएको आइटिएफका अध्यक्ष अन्जुनाथ श्रेष्ठले जनाएका छन् ।

Comment