ह्यान्डबल अध्यक्ष र महासचिव भारत प्रस्थान

handball
नेपाल ह्यान्डबल संघका अध्यक्ष तेज गुरुङ्ग र महासचिव विश्ववम मल्ल ह्यान्डबलका विकासका लागि अतिकम विकसित राष्ट्र (यु.डि.सी) को बैठकमा सहभागी हुन बुधबार भारत प्रस्थान गरेका छन ।  अध्यक्ष गुरुङ्ग सो कमिसनको सदस्य समेत छन्। प्रत्येक दुई÷दुई वर्षमाआयोजनाहुने सो वैठक यस पटकमित्र राष्ट्र भारतको राजधानीनयाँदिल्लीमाआयोजनाहुँदैछ ।
नेपालमा वैशाख १२ गते गएको महाभुकम्प र त्यस पछिका पराकम्पनवाट खेल र खेलाडीमा पारेको असर वारे अध्यक्ष गुरुङ्गले बैठकमा एक कार्यपत्र समेत प्रस्तुतगर्नु हुनेछ ।उनले नेपालको ह्यान्डवलविकासकालागिअन्र्तराष्ट्रिय सहयोगको आवश्यक्तालाई जोड दिने वताएका छन् । विहिवार र शुक्रवार गरि दुई दिन सम्मचल्ने वैठकमाआयोजकभारत सहित नेपाल, वङ्गलादेश, पाकिस्तान, अफगानिस्तान, मालदिभ्स, ओमान, भुटान, श्रीलंकागरि आठ राष्ट्रहरुकाप्रतिनिधीहरुको सहभागिता रहनेछ ।
वैठकमा एशियाली ह्याण्डवल महासंघका कार्यकारी निर्देशक सहित अन्य उच्च पदस्थ प्रतिनिधीहरु समेतको सहभागिता हुनेछ । वैठकले ह्याण्डवल खेल विकासकालागि नयाँ कार्यक्रमहरुको योजनाहरु समेत तर्जुमा गर्नेछ । यस अघि उक्त वैठक काठमाडौमा भएको थियो ।

 

Comment