एलआरआई बिजयी

एलआरआई कलेजले तेश्रो जेभियर इन्टरनेश्नल कप यु–१९ महिला तथा पुरुष बास्केटबल प्रतियोगितामा बिजयी शुरुवात गरेको छ ।  यु–१९ पुरुषतर्फको खेलमा एलआरआईले मल्पीलाई ४७–३९ को स्कोरले हरायो । एलआरआईका लागि राज कुवरले सर्वाधिक १४ स्कोर गरे । त्यस्तै शनिवार नै भएको खेलमा सीसीआरसी र क्याम्पेनले पनि जित निकालेका छन् । सीसीआरसले आईडियललाई ४५–१२ ले हराउदा अनिस मगरले सर्वाधिक १२ तथा  क्याम्पेनले हिमालयनलाई पराजित गर्दा अमनले पनि सवाधिक १२ स्कोर नै गरेका थिए । यु–१९ महिलातर्फको खेलमा साबिक बिजेता साईपालले मोर्गनलाई ४७–३१ ले हरायो। साईपालको जितमा उत्कृष्ट खेल प्रर्दशन गरेकी साइना मगरले सर्वाधिक २१ स्कोरको योगदान गरेकी थिईन् ।

Comment