आइटिएफ टोलीको बिदाई

itfe

मित्रराष्ट्र बुल्गेरियामा २४ देखि ३० अगस्टसम्म सञ्चालन हुने  विश्व च्याम्पियनसिपमा भाग लिन जाने नेपाली आइटिएफ टोलीको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले बिदाइ गरेका छन् । शनिबार त्यसतर्पm प्रस्थान गर्ने ५ सदस्य टोलीको कोचमा अन्जन धमला रहेका छन् । त्यस्तै खेलाडीतर्पm ५० केजी तौलसमूहमा रुपसिंह मुुुक्तान, ६० केजीमा घमबहादुर थापा र ७० केजीमा थमबहादुर दहित रहेका छन् । प्रतियोगितामा रेफ्रीको भूमिका निर्वाह गर्न नेपाल इन्टरनेसनल तेक्वान्दो (आइटिएफ)का अध्यक्ष अन्जुनाथ श्रेष्ठ पनि टोलीसँगै त्यसतर्पm लाग्नेछन् । प्रतियोगिताका दौरान नेपालका प्रशिक्षक अन्जन धमला सम्मानित हुनेछन् । उनलाई आइटिएफको केन्द्रीय कार्यालयले आइटिएफ अडर मेडलले सम्मान गर्ने संघले जनाएको छ । उक्त मेडल प्रत्येक २ वर्षमा विभिन्न राष्ट्रका आइटिएफ तेक्वान्दोमा महत्वपूर्ण भूमिका निभाएकोमा केन्द्रीय कार्यालयले दिने गछ

Comment