उप–समितिका संयोजक चयन

keshav bistaa
राष्ट्रिय खेलकुद परिषदको १०३ औं बैठकले पूर्वाञ्चलमा आयोजना हुने सातौं राष्ट्रिय खेलकुद– २०७२ को लागि विभिन्न उप–समितिको संयोजकहरुको चयन गरेको छ । राष्ट्रिय खेलकुद परिषदले बिहिबार  बिज्ञप्ती जारी गरिे युवा तथा खेलकुद मन्त्रीको संयोजकत्वमा खेलकुद मन्त्रालयका सह–सचिव, सचिव रहने गरि अनुगमन तथा मूल्यांकन विशेष उपसमिति बनाएकोछ । त्यस्तै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टको संयोजकत्वमा अनुशासन उपसमिति गठन गरिएको छ ।
यसै गरि प्राविधिक उपसमितिको संयोजकमा गंगाबहादुर थापा मगर, खेलस्थल व्यवस्थापन उपसमितिको संयोजकमा पूर्वाञ्चलका खेलकुद विकास समितिका अध्यष रविन नगरकोटी, यातायात व्यवस्थापन उपसमितिको संयोजकमा शिवबहादुर बस्नेत, समारोह उपसमिति संयोजकमा राजेन्द्र श्रेष्ठ (राजु), प्रचार प्रसार उपसमिति संयोजकमा शकुन्तला नगरकोटी, स्वास्थ्य उपसमिति संयोजकमा नारायणप्रसाद पौडेल, श्रोत परिचालन उपसमिति संयोकमा सुरेन्द्र हमाल, खेल सामाग्री व्यवस्थापन उपसमिति संयोजकमा महम्मद समिउल्लाह चयन भएका छन् । त्यस्तै बसोवास व्यवस्थापन उपसमिति, सुरक्षा उपसमिति, र साँस्कृतिक उपसमितिको संयोजक चयन हुन बाँकी रहेको बिज्ञप्तीमा जनाईएको छ ।
उपसमितिका अन्य सदस्यहरु संयोजकहरुले आफ्नो आवश्यकतालाई हेरेर चयन गरिने समेत जनाईएको छ । त्यस्तै बैठकले १०  भदौमा  राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्य नजर राख्दै एक क्षेत्रीय भेला आयोजना गर्ने निर्णय समेत गरेको छ । क्षेत्रीय भेलामा पूर्वाञ्च क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष, कोषाध्यक्ष, सचिव र पदाधीकारीहरु, पूर्वाञ्चलका जिल्ला खेलकुद विकास समितिका अध्यक्ष, कोषाध्यक्ष र कार्यालय प्रमुखहरुको उपस्थिती रहनेछ ।
यसैगरि सोही समयमा पूर्वाञ्चलमा रहेका उद्योगी, व्यापारी, सुरक्षा निकायका प्रमुखहरु (पूर्वाञ्चल), स्थानिय निकायका प्रमुखहरु, विभिन्न संघ संस्थाका प्रमुखहरु, प्याब्सन तथा एनप्याबसनका प्रमुखहरु, शिक्षक, संचारकर्मी, राजनैतिक दलका प्रतिनिधीहरु, यातायात व्यवसायीहरु आदि संग अन्तरकृया गर्ने कार्यक्रम समेत रहेकोछ ।
बैठकले सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि मस्कट, प्रतियोगिताको लागि प्रतिक चिन्ह लोगो र खेलकुद गितको निर्माण गर्नका लागि प्रस्ताव आव्हान गर्ने समेत निर्णय गरिएको सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता सचिवालय प्रमुख कमल खनालद्वारा जारी बिज्ञप्तीमा जनाईएको छ ।

Comment