पुरानाको योगदानविर्सनु हुँदैन ः विष्ट

dhurba neupaneराष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले विभिन्न खेलकुद समितिका पूर्व पदाधिकारीहरुले खेलकुद क्षेत्रमा पु¥याएको योगदान विर्सन नहुने बताएका छन् । काठमाडौं जिल्ला खेलकुद विकास समितिका नवनियुक्त पदाधिकारीको स्वागत तथा पूर्व पदाधिकारीहरुको बिदाइ गर्न बुधबार आयोजित कार्यक्रममा सदस्य–सचिव विष्टले यस्तो धारणा राखेका हुन् ।
सदस्य–सचिव विष्टले सबैलाई मिलाएर लैजान सक्ने क्षमता भएको र खेलकुद बुझेको व्यक्ति ठहर गर्दै परिषद्ले ध्रुवको नेतृत्वमा काठमाडौं जिल्लामा सन्तुलित टिम पठाएको बताउदै दल गत स्वार्थभन्दा माथिउठेर खेलकुद र खेलाडीको विकास र समृद्धिकालागि काम गर्नु पर्नेमा जोड दिए ।
काठमाडौं जिल्ला खेलकुद विकास समितिकाकार्यालय प्रमुख लीलाराम बस्नेतले वर्तमान अध्यक्ष खेलकुदसंग भिजेको व्यक्ति भएकाले उनको कार्यकालमा काठमाडौं जिल्लाको खेलकुदले अझ फड्को मार्ने विश्वास व्यक्त गरे । उनले सदस्य–सचिवविष्टको खेलकुदलाई स्वर्णकाल बनाउने लक्ष्यमा परिषद्को नीति र निर्देशन अनुसार काम गर्ने प्रतिबद्धता जनाए ।
समितिका नवनियुक्त अध्यक्ष ध्रुवराज न्यौपानेले कसैलाई पनि पक्षपात नगरी काम गर्ने बताउदै काठमाडौं जिल्लाको खेलकुद विकासका लागि हरदम प्रयासरत रहने प्रतिबद्धता व्यक्त गरे । उनले काम गर्नेलाई पुरस्कार र नगर्नेलाई दण्डको परिपाटी अवलम्बन गरिने बताए ।सो अवसरमा सदस्य–सचिवविष्टले काठमाडौं जिल्लाका नवनियुक्त पदाधिकारीहरुलाई शपथग्रहण गराएका थिए ।

 

Comment