rugbyyeनेपाल रग्बी संघको आयोजनामा रग्बी प्रशिक्षक प्रशिक्षण कोर्ष कीर्तिपुरस्थित लेबोरेटरी उमाविमा शनिबार सम्पन्न भएको छ । तीन दिने कोर्षमा विभिन्न तीन समूहमा प्रशिक्षण भएको थियो । जसअन्तर्गत गेट इन रग्बीमा ८५, लेभल वान प्रशिक्षक प्रशिक्षणमा ३२ र रेफ्री कोर्षमा १५ जनाले भाग लिएको रग्बी संघका महासचिव चेतनराज गिरीले जनाएका छन् ।
विश्व रग्बी ट्रेनर नासिर हुसैन र सुर्जित घोषले सहभागीलाई प्रशिक्षण दिएका थिए । नेपाल ओलम्पिक कमिटीका महासचिव जीवनराम श्रेष्ठले सहभागीलाई प्रमाणपत्र प्रदान गरे ।

Comment