अक्षय कोषका लागि सहयोग

kirat rai khelkud

किरात राइ खेलकुद संघले खेलाडी तथा प्रशिक्षक अक्षय कोष स्थापनाको अभियानलाई तीब्र बनाएको छ । यस क्रममा हङ्गकङ्ग निबासी कराते प्रशिक्षक कराते प्रशिक्षक नवराज राइले एक लाख रुपैया प्रदान गरेका छन् । चलचीत्र विकास बोर्डका अध्यक्ष राज कुमार राइले ५० हजार रुपैया प्रदान गरेका छन् भने अमेरिकामा बसोबास गर्दै आएका इन्टरनेसनल मार्सल आर्ट एसोसीएसनका रेफ्रि तथा प्रशिक्षक पर्खी खालीङ राइले २५ हजार प्रदान गरेका छन् । कतारमा रहेका कलाकार निर्वाचन राइले २५ हजार ५ सय ५५ रुपैया प्रदान गरेका छन् । तेक्वान्दो ग्रान्डमास्टर राजकुमार राइ तथा बरिष्ठ कराते प्रशिक्षक तथा किरात राइ खेलकुद संघका अध्यक्ष महेन्द्र राइले २० हजार रुपैया प्रदान गरेका छन्् । कराते प्रशिक्षक अन्तराष्ट्रिय रेफ्रि तथा राइ  किरात खेलकुद संघका उपाध्यक्ष योगेश चाम्लीङ्ग राइले १५ हजार रुपैया प्रदान गरेका छन् । मकाउमा रहेका पूर्व तेक्वान्दो खेलाडी मंगल राइले १५ हजार ५ सय ५५ रुपैया प्रदान गरेका छन् ।
पछिल्लो समयमा सामाजीक जिम्मेवारी र खेलकुदमा उत्तिकै सक्रिय किरात राइ खेलकुद संघले कुनै पनि खेलकर्मीलाई अप्ठेरो समयमा सहयोग गर्ने सोचमा साथ यो अक्षयकोषको स्थापना गर्न लागेको हो ।

Comment