रग्बी प्रशिक्षण कोर्ष शुरु

rugbye
विश्व रग्बीमहाघंको तत्ववाधनमा नेपाल रग्वी संघको आयोजनामा रग्बीको प्रशिक्षक कोर्ष बिहिबारदेखि कीर्तिपुरमा सुरु भएको छ ।   तीनदिनसम्म सञ्चालन हुने उक्त कोर्ष तथा तालिम राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेन्द्र श्रेष्ठ र रग्बी सघंका अध्यक्ष टङ्कलाल घिसिङले गरे । तालिममा पहिलो दिन गेट इन्टु रग्बी,दोस्र्रो दिन लेभल ए प्रशिक्षक कोर्ष तथा अन्तीमदिन अफिसियल रेफ्री प्रशिक्षण हुनेछ ।
फनको रुपमा राखिएको गेट इन्टु रग्बीमा राष्ट्रिय खेलाडी, जिल्ला सघंका सदस्य,विभिन्न विद्यालयका खेलाडी तथा क्लबका खेलाडीहरु  गरी कुल ८५ खेलाडीको सहभागिता रहेको छ ।
लेभल ए कोर्षतर्फ भने राष्ट्रिय टोलिका केही खेलाडी,क्षेत्रिय तथा जिल्ला सदस्यहरु गरी कुल २० जनालाई मात्र समाबेश गराइने रग्बी सघंकामहासचिव चेतन राजगीरीले बताए । म्याच रेफ्रीको कोर्षमा समेत सिमित अफिसियललाई समाबेश गराइने रग्बी प्रशिक्षक गोबिन्द घिमिरेले बताए । उक्त तीन दिने रग्बीकोर्षमा विश्व रग्बीमहासघंका इन्सट्रक्टर नासिर हुसेन र एजुकेटर सुरजित घोषले प्रशिक्षण दिनेछन् ।
कार्यक्रमा रग्बी सघंका सचिव दिपक देवकोटाले कोर्ष बारे प्रकाश पारे । उद्घाटन कार्यक्रममा प्रमुख अतिथी राखेप सदस्य राजेन्द्र श्रेष्ठले रग्बीको बृद्धि र बिकासकालागि हरदमलागी पर्ने बताए । रग्बी सघंका अध्यक्ष तथा टङ्क लालघिसिङले दिनानुदिन रग्बीको सफलताले सघंलाई थप जिम्मेबारी थपिएको बताए ।

 

Comment