एघारलाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मान

yuba award
युवा तथा खेलकुद मन्त्रालयले ९ खेलाडी र २ प्रशिक्षक गरी ११ जनालाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मान पुरस्कार बुधबार प्रदान गरेको छ ।     सम्मानित हुने सबै भन्दा बढी एथलेटिक्स खेलाडीको संख्यातीन रहेको छ । केशरी चौधरी, सुनील चौधरी र प्रमिला चौधरी सम्मानित भए ।
त्यस्तै सम्मानित हुने अन्य खेलाडीमा करातेकी विमला तामाङ, क्रिकेटका सोमपाल कामी, तेक्वान्दोकी ज्ञानी चुनारा, पारा एथलेटिक्सका विक्रम बहादुर राणा, किकबक्सिङका दिवस श्रेष्ठ तथा भलिबलकी विनिता बुढाथोकी छन् । सुनील र प्रमिलाले समान ५०–५० हजार पाए । अन्य ७ खेलाडीले जनही १ लाख रुपैयाँ प्राप्त गरे ।
सम्मानित हुने प्रशिक्षकमा क्योकुसिन करातेकी सन्जु महर्जन र ब्याडमिन्टनकी रजनीमैया जोशी रहेका छन् ।     सम्मानितहरुलाई उप्रधानतथा गृह मन्त्रीवामदेव गौतम लगायतले कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रशंसापत्र  प्रदान गरे ।
सम्मान कार्यक्रम अघि अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रत्नपार्कदेखि प्रतिष्ठान सम्म प्रभातफेरी आयोजना गरिएको थियो । सोही प्रभातफेरी प्रतिष्ठानमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।

Comment