साईक्लिङ खेलाडी मलेसियातर्फ

cycling
मलेसियाको मेलकामा हुने आसन्न २१औं एसियन माउन्टेन बाईक च्याम्पियनसिपका लागी तीन सदस्यीय नेपाली टोली त्यसतर्फ लागेको छ ।
१२ देखी १६ अगष्ट सम्म हुने प्रतियोगिताका लागी नेपाली टोली सोमबार साझ त्यसतर्फ प्रस्थान गरेको हो । नेपालकोतर्फबाट साकार याकथुम्बा र मंगल कृष्ण लामाले च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दै छन् । नेपाली टोलीको अफिसियलमा निराकर याक्थुम्बा रहेका छन् । प्रतियोगितामा दुबै खेलाडीले डाउनहिल स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । टोलीलाई नेपाल साईक्लिङ संघका अध्यक्ष एबं नेपाल ओलम्पिक कमिटीका कोषाध्यक्ष छिमी उर्केन गुरुङले बिदाई गरेका थिए ।

Comment