एसियाली किकबक्सिङमा नेपाललाई १८ पदक

kick boxing
वाको एसियाली किक बक्सिङच्याम्पियनसिपमा नेपालले ४ स्वर्ण, ५ रजत र ९ कांस्य सहित १८ पदक जितेको छ । भारतको पुनेमा जुलाई ३१ देखि अगष्ट ९ तारिख सम्म भएको उक्त च्याम्पियनसिपमा सन्तोष खड्का, विन्दा नेपाली, रिजन थापा मगर र आरती तामाङले नेपाललाई स्वर्ण दिलाए । विन्दाले थप २ रजत, रिजनले थप १ रजत र कांस्य तथा आरती र सन्तोषले थप १–१ कांस्य पनि प्राप्त गरेको नेपाल किक बक्सिङ संघले जनाएको छ । रजत जित्ने अन्य खेलाडीमा रुद्रबहादुर लिम्बू र प्रकाश विष्ट रहे । रजत विजेता रुद्रले थप १ कांस्य पनि जिते ।
त्यस्तै कांस्य जित्ने अन्य खेलाडीमा विवस दवाडी (दोहोरो), विल बहादुर तामाङ, रामकृष्ण राउत र विवेक लामा रहेका छन् ।
टिम व्यवस्थापकमा सशस्त्र प्रहरी बलका पूर्व महानिरीक्षक शैलेन्द्रकुमार श्रेष्ठ र प्रशिक्षकमा दीपकश्रेष्ठ रहेका छन् । खेल पत्रकार अनिलमल्ल ठकुरी पनि टोलीमा समावेश थिए । प्रशिक्षक श्रेष्ठका अनुसार १ खेलाडीले ४ स्पर्धामा सहभागिता जनाउन पाउने प्रावधान रहेको थियो ।
च्याम्पियनसिपका दौरान भएको रेफ्री सेमिनारमा राजनभुजेल, रमेश नेपाली, तेजबहादुर बस्नेत, राजुसिंह बजोकी र कृष्णज्याकीले भाग लिएकाथिए ।
टोली सोमबार स्वदेश फर्किएको छ । च्याम्पियनसिपमा ३२ राष्ट्रको सहभागिता रहेको बताइएको छ ।

Comment