विश्वकिकबक्सीङ च्याम्पीयनसिपको छनोट चरणमा आरतिलाई स्वर्ण

kick boxing

भारतको पुनेमा आयोजना भइरहेको वाको एशियन किक बक्सिङ च्याम्पियनसिप २०१५मा नेपालकी आरति तामाङले स्वर्गा पदक हात पारेकी छिन् । ५० के.जीतौल समुह अन्तर्गत स्कोर फाइटिङ विधा अन्तर्गत उनले भारतकी प्रिति शिंहलाई (१०–६) ले पराजित गर्दै स्वर्ण पदक हात पारेकी हुन् ।
आरतिले शूरुवात खराव प्रदर्शन गरेता पनि उत्कृष्ट पुनरागमन गर्दै खेल फर्कीएकी थिइन् ।यस विधाकै५५ के.जी तौल समुहको फाइनल चरणमा बिन्दा नेपाली भारतकी दिप्ती अग्रवालसग ४–१० ले पराजित भइन् ।हारसगै बिन्दाले रजतपदकमा चित्त बुझाइन् ।

त्यस्तै शुक्रबार सम्मको छनोट चरणको खेलमा नेपालले  एक स्वर्ण,दुई रजत र सात कास्य पदक हात पारेको छ । जस अन्तर्गत स्कोर फाइटिङको ५५ के.जीतौल समुहमा बिन्दा नेपाली र रिजन थापा मगरले ६० के.जीतौल समुहमा रजत पदक जिते। रिङ फाइटिङ तर्फ सन्तोष खड्का(८१ के.जी),रुद्र लिम्बू(८६ के.जी) र बिलबहादुर तामाङ(५४ के.जी)तौल समुहमा कास्य पदक हात पारे ।

पूरुषको लाइट कन्ट्याक्ट तर्फको खेलमा रामकृष्ण राउत(६९ के.जी)तथा विवेक लामा(५७ के.जी) र  स्कोर फाइटिङतर्फ भने बिवसले दवाडी(७४ के.जी)तौल समुहमा कास्य पदक हात पारेका थिए । प्रतियोगितामा कास्य पदक हात पार्ने खेलाडीले सेमीफाइनलमा पराजय बेहोर्दै फाइनल चरणको यात्रा टुङ्ग्याएका थिए ।

यस प्रतियोगितासन् २०१७मा पेरुमा हुने विश्व किकबक्सीङ च्याम्पीयनसिपको छनोट चरण समेत हो । महिलाकोतर्फ किक लाइटमा विन्दा नेपाली बाइ पाउदै फाइनलमा प्रवेश गरेकी छिन् ।
नेपाल बक्सीङ सघंका महासचिव एवम् प्रशिक्षक दिपक श्रेष्ठले बाकी रहेको एक खेलमा स्वर्ण जित्ने लक्ष्यका साथ अगाडी बढेको बताए ।
प्रतियोगितामा नेपालका पाच निर्णायक राजन भुजेल, तेज बहादुर बस्नेत,राजू सिंह बाजीकों,रमेश नेपाली लगायतल निर्णायकको भुमीका निर्भाह गरेका छन्। सन् २०१७मा पेरुमा हुने विश्व च्याम्पियनसिपको छनोट चरण समेत रहेको यस प्रतियोगितामा ३२ राष्ट्रले सहभागीता जनाएका छन् ।

Comment