मीरालाई किंरात राई खेलकुदको सम्मान

dhurba bikram malla
अल्ट्रा धाविका मीरा राईलाई किंरात राई खेलकुद संघले सम्मान पत्रद्वारा सम्मान गरेको छ । राईले २६ जुन २०१५ मा सम्पन्न मोन्ट ब्लान्क अल्ट्र म्याराथन विश्व च्यामिपयनसिपमा ८० कि.मी.को दूरी १२ घन्टा, ३२ मिनट १२ सेकेन्डमा पुरा गर्दै प्रथम स्थान र २ अगष्ट २०१५ मा उत्तरी नर्वेको ट्रोम्सोमा स्काई रनिङ्ग वल्र्ड सेरिज अन्तरगत ट्रोम्स एण्ड स्काई रेसको ४५ कि.मी. अल्ट्रा ट्रोम्समा दोश्रो स्थान हासिल गरेकी थिईन् ।
‘किरात समूदायबाट अन्तराष्ट्रिय क्षेत्रमा नेपाल र नेपालीको गौरव र प्रतिष्ठा अभिबृद्धि गरी राष्ट्रलाई पु¥याएको अतुलनिय योगदानको उच्च कदर गर्दै सम्मान पत्र प्रदान गरिएको छ’ संघका अध्यक्ष महेन्द्र राईद्वारा हस्ताक्षरीत सम्मान पत्रमा भनिएको छ ।

 

Comment