गणेश मान कप प्राईम र भ्यालीलाई

mvp1
ब्वाइज तर्फ प्राइम कलेज र गल्र्स तर्फ भ्यालीले “दोश्रो गणेशमान सिंह स्मृति कप” हात पारेकोछ ।  सोमबार सम्पन्न बास्केटबलको ब्वाईज तर्फको फाइनल खेलमा प्राईमले गोल्डेनगेटलाई ५१–३८ बास्केटले पराजित गर्दै कप आफ्नो हात पार्न सफल भएको हो । पहिलो क्वाटरमा ६–६ अंक स्कोर भएकोमा दोश्रो र तेश्रो क्वाटरमा प्राईमले १७–१० र २२–१६ को अग्रता लिन सफल भयो । चौथो क्वाटरमा भनै दुबै टोलीको समान ६–६ स्कोर भयो । प्राइमको लागि मस्ट भ्यालुएबल प्लेयर निश्चल महर्जनले १५ स्कोरको योगदान गरे ।
गणेशमान सिंह फाउन्डेसनद्वारा संचालित प्रतियोगिता गल्र्स तर्फ भ्यालीले नासा माथि २५–२३ अंकले पराजित गर्दै कप उचाल्यो । पहिलो क्वाटरमा ४–११ले पछि परेको भ्याली दोश्रो क्वाटरमा ७–१ले अगाडी बढ्यो । तेश्रो क्वाटरमा ६–५ले पछि परेता पनि चौथो क्वाटरमा ५–३ले अगाडी बढ्दै समान २१–२१ अंक बनाउन सफल भयो । थप गरिएको समयमा भ्यालीले ४–२ अंकको बास्केट गर्र्दै कप आफ्नो पक्षमा पा¥यो । भ्यालीको लागि सुषमा गौतमले ११ अंक जोडिन् । उनी प्रतियोगिताको उत्कृष्ट खेलाडी समेत चुनिईन् ।
विजेता खेलाडी टिमले १५ हजार र उपविजेता टिमले १० हजार नगद प्राप्त गरे । मोस्ट भ्यालुएवल खेलाडीहरुले नगद ५ हजार प्राप्त गरे ।
बिजयी खेलाडीहरुलाई नेपाल सरकारका उपप्रधान, स्थानिय विकास एवं संघिय मामिला मन्त्री प्रकाश मान सिंहले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा ब्वाईज तर्फ १५ र गल्र्स तर्फ ८ टिमको सहभागिता रहेको थियो ।

 

Comment