वाको बक्सीङ च्याम्पियनसिप सोमबारबाट

kick boxingg
अनिल  ठकुरी
पुने । भारतको पुणे सहरमा आयोजना भइरहेको वाको एशियन किक बक्सिध्र च्याम्पियनसिप २०१५ एवम् विश्व किक बक्सीङ्ग च्याम्पीयनसिपको छनोट चरण सोमबार देखी औपचारिक रुपमा उद्घाटन हुने भएको छ ।
आइतबार नै एक कार्यक्रममा पुर्व आइजिपी एवम् एफिसियल शैलेन्द्र कुमार श्रेष्ठ र नेपाल किक बक्सीध्र सघंका महासचिव दिपक श्रेष्ठले विश्व किक बक्सीङ्ग महासघंका उपाध्यक्ष नासर नासरी सगँ भेटघाट तथा छलफल गरे । छलफलमा पुर्व आइजिपी श्रेष्ठले नेपालमा किक बक्सीङ्गविकाशका लागी महासघंले सहयोग गर्न आग्रह गरे ।
नासरी भने आफूले नेपालमा आवश्यक पर्ने सहयोगका लागी तयार भएको बताए । साथै उनले नेपालसगँ सहकार्य गर्न समेत तयार रहेको बताए । नेपाल किक बक्सीङ्ग सघंका महासचिव श्रेष्ठले पनि महासघंका उपाध्यक्ष नासरीलाई नेपाल भ्रमणको निम्तो दिए ।
नेपाललले सहभागीता जनाउने तौल समुह समेत आयोजक एसियाली किक बक्सीङ्गमहासघंले स्वीकृत गरेको छ । जसमा फुल कन्ट्याक्ट तर्फ प्रकाश विष्ट(५१ के.जी),विल बहादुर तमाध्र(५४ के.जी),सन्तोष खड्का (७५ के.जी) र रुद्र लिम्बू(८१ के.जी) तौल समुहमा खेल्नेछन् । सेमी तर्फ भने बिवेक लामा ५७ केजी, खगेन्द्र पुन मगर ६० केजी, रामकृष्ण राउत ६५ के.जी र विवस दवाडी ७१ के.जीमा प्रतिस्पर्धा गर्नेछन ।
महिला खेलाडी तर्फका खेलाडीले पनि सेमी फुलकन्ट्याक्ट तर्फ मात्र नेपालको तर्फबाट चूनौती पेस गर्नेछन् । बिन्दा नेपालीले ४८ के.जीमा प्रतिस्पर्धा गर्ने छिन् । त्यस्तै आरती तामाले ५१ केजीमा र रिजन थापा मगरले ५४ केजीमा प्रतिस्पर्धा गर्ने छिन् । एसियाली किक बक्सीध्र रेफ्री सेमीनारमा नेपालका पाच रेफ्री पहिलो पटक सहभागीता जनाउन लागेका छन् । सोमबार  देखी नै ओपचारीक रुपमा विश्व किक बक्सीध्र महासघंका उपाध्यक्ष  एवम् एसियाली किक बक्सीङ्ग महासघं नासर नेसरीले उद्घाटन गर्नेछन् । नेपाली रेफ्रीहरुमा तेज बहादुर बस्नेत,राजन भुजेल,राजू सिंह बजोकीं,रमेश नेपाली र कृष्ण रामजाकीले पहिलो पटक एसियाली किक बक्सीङ रफ्री सेमीनारमा सहभागीता जनाउदैछन् ।
विश्व च्याम्पियनसिपको छनोट चरण समेत रहेको सोमबार देखी हुने प्रतियोगितामा ३२ राष्ट्रले सहभागीता जनाउदैछन् । एसियन किक बक्सीङ्ग महाघंको आयोजना भएको प्रतियोगितामा तुर्केमिनीस्तान, कीर्गीस्तान, चिन, इरान ,काजिघस्तान,श्रीलध्र्का र इराक लगायत देशको सहभागीता जनाउनेछन् ।
यस प्रतियोगितामा जित हात पार्ने खेलाडीले विश्व च्याम्पियनसिपमा समेत सहभागिता जनाउने भएकोले यो छनोट प्रतियोगिता समेत हो । यस अघि रसियामा आयोजना भएको विश्व किक बक्सिङ च्याम्पियनसिपमा नेपालले २ रजत र ३ कास्य पदक हात पार्न सफल भईसकेको छ ।

Comment