गोल्डेनगेट र प्राईम फाइनलमा

गोल्डेन गेट र प्राईम कलेज “दोश्रो गणेशमान सिंह स्मृति कप” बास्केटबलको ब्वाईज तर्फ फाइनलमा भिड्ने भएका छन् ।
आईतबार सम्पन्न सेमिफाइनलमा सिद्धार्थ स्याकको १६ अंकको मद्धतले गोल्डेन गेटले मोर्गनलाई ५६–२९ अंकले पराजित गर्दै फाइनलमा उपाधीको लागि प्राईम संग प्रतिस्पर्धा गर्ने भएको छ । गणेशमान सिंह फाउन्डेसनद्वारा संचालित प्रतियोगिताको अर्को सेमिफाईनलमा प्राइमले टाईम्स कलेजलाई ६०–५० अंकले पराजित गर्दै फाईनलको यात्रा तय ग¥यो । प्राईमको जितमा शशि पराजुलीको १७ अंकको योगदान रह्यो ।  प्रतियोगितामा ब्वाईज तर्फ १५ टिमको सहभागिता रहेको थियो ।

 

Comment