टाईम र मोर्गन सेमिमा

टाईम कलेज र मोर्गन कलेज “दोश्रो गणेशमान सिंह स्मृति कप” बास्केटबलको पुरुष तर्फ सेमिफाइनल प्रवेश गर्ने तेश्रो र चौथो टिम भएकोछ ।  गणेशमान सिंह फाउन्डेसनद्वारा संचालित प्रतियोगिताको शुक्रबार भएको तेश्रो क्वाटरफाइनलमा टाईमले सिसीआरसीमाथी ४८–४६ बास्केटको झिनो जित हात पार्दै सेमिफाइनलमा प्राइम संग जम्काभेट गर्ने भएकोछ । टाइमको लागि छिरिङ्ग तामाङले १४ अंकको योगदान गरे ।
अर्को क्वाटरफाइनल खेलमा दीपक लिम्बुको १५ अंकको योगदानमा मोर्गान कलेजले एन्जल हार्ट माथि ५०–२८ अंकको जित निकाल्यो । मोर्गानले फाइनल प्रवेशको लागि गोल्डेन गेटको सामना गर्ने भएकोछ ।
भोलीको सेमिफाइनलको खेल बिहान ११ बजे बाट गोल्फुटारमा हुने आयोजकले जनाएकाछन् ।
प्रतियोगितामा ब्वाइज तर्फ १५ तथा गल्र्स तर्फ ८ टिमको सहभागिता रहेकोछ ।

Comment