किरात खेलसंघबाट खेलकर्मीको सम्मान

kirat11
किरात खेलकुद संघले नेपाली खेलकुदमा महत्वपूर्ण योगदान भएका तीन ब्यक्तित्वलाई सम्मान गरेको छ । सम्मानीत हुनेमा शशस्त्र प्रहरीका अतिरिक्त महानिरिक्षक दोर्जे कुमार राइ, तेक्वान्दो स्टार  राज कुमार राइ र सभाषद मोहन कुमार राइ छन् । मोहन तेक्वान्दोका एसियन च्याम्पियनसीपका पदकधारी हुन् । यसैगरी, राजकुमार एसियाडका काश्य पदक विजेता तथा आठौ दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक विजेता  हुन् । तीनै जनालाई प्रमुख अतिथी किरात राइ यायोख्खाका अध्यक्ष यशोदा राइ र किरात खेलकुद संघका अध्यक्ष महेन्द्र राइले सम्मान गरे ।

Comment