सीसीआरसी र नासा विजयी

basketball1
क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) र नासाले दोश्रो गणेशमान सिंह स्मृति कप अन्तरकलेज (प्लस टु) बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ सोमबार जित हात पारेका छन् । गल्फुटार कोर्टमा सीसीआरसीले ठुङराम इन्टरनेसनल एकेडेमी (टीआईए) लाई २०–३ ले पराजित ग¥यो । विजयी टिमका लागि प्रियंका भाटले ८ अंक जोडिन् । नासाले गोल्डेनगेटलाई ३२–१९ ले हरायो । नासाकी साधना घिसिङले ७ स्कोर गरिन् ।
गल्र्सकै अर्को खेलमा भ्याली पब्लिकले मोर्गन इन्टरनेसनल कलेजलाई २०–१७ ले पन्छायो । भ्याली पब्लिकको जितमा लक्ष्मी चौधरीले १२ अंक योगदान गरिन् । गणेशमान सिंह फाउन्डेसनद्वारा आयोजित प्रतियोगिताको ब्वाइजतर्फ सीसीआरसी, बागमती, टाइम्स, मोर्गन र ज्ञाननिकेतनले सफलता हात पारे ।
सीसीआरसीले टीआईएलाई ३३–२५, बागमतीले लिभरपुललाई ३०–२५, सानले क्यानभासलाई ४४–१९, टाइम्सले एन्जल्स हार्टलाई ४३–४०, मोर्गनले ट्रिनिटीलाई ५२–२५ तथा ज्ञाननिकेतनले बृहस्पतिलाई ४२–३९ ले निराश पारे ।

Comment