मोर्गन र टीआईएको विजयी सुरुआत

basketball gm

मोर्गन इन्टरनेसनल कलेज र ठुङराम इन्टरनेसनल एकेडेमी (टीआईए) ले दोश्रो गणेशमान सिंह स्मृति कप अन्तरकलेज (प्लस टु) बास्केटबल प्रतियोगितामा आइतबार विजयी सुरुआत गरेका छन्् । मोर्गनले ब्वाइज र टीआईएले गल्र्सतर्फ जितका साथ यात्रा प्रारम्भ गरेका हुन् ।
गणेशमान सिंह फाउन्डेसनद्वारा आयोजित प्रतियोगिताको उद्घाटन खेलको ब्वाइजतर्फ मोर्गनले टीआईएलाई ४३–२८ अंकले पराजित ग¥यो । मोर्गनको जितमा डारियो गुरुङले १५ अंक योगदान गरे । गल्र्समा टीआईएले गोल्डेनगेटलाई २१–१४ ले हरायो । टीआईएकी कर्मा शेर्पाले १२ अंक जोडिन् ।
गल्फुटारमा भइरहेको प्रतियोगिताअन्तर्गत ब्वाइजकै अन्य खेलमा लिभरपुल, बागमती, प्राइम, गोल्डेनगेट र एन्जल्स हार्ट पनि विजयी भए ।
लिभरपुलले सानलाई ५५–२२ ले पन्छायो । लिभरपुलका समिर निरौलाले १४ अंक जोडे । सुमित राईको २४ अंक सहयोगमा बागमीतले क्यान्भासलाई ५६–२६ ले पराजित ग¥यो ।
प्राइमले जेभियर इन्टरनेसनललाई ५६–२९, गोल्डेनगेटले रेडनलाई ३५–१५ तथा एन्जल्स हार्टले बृहस्पतिलाई ३५–१८ ले निराश पारे । जितमा प्राइमका निश्चल महर्जनको १४, गोल्डेनगेटका जेसन सुनुवारको १५ तथा एन्जल्स हार्टका निकेशको २१ अंक योगदान रह्यो ।
प्रतियोगिताको नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागका प्रमुख एवं सभासद् धनराज गुरुङले एक कार्यक्रमबीच उद्घाटन गरे ।
लिग कम नकआउट आधारमा १७ साउनसम्म चल्ने प्रतियोगिताको ब्वाइजमा १६ तथा गल्र्समा ८ टिमको सहभागिता रहेको छ । विजेताले २५ हजार र उपविजेताले १५ हजार रुपैया पुरस्कार हात पार्नेछन् । दुवै विधाका ‘मोस्ट भेलुएबल प्लेयर’ लाई समान ५–५ हजार नगद पुरस्कार प्रदान गरिने छ । गणेशमान स्मृति कप अन्तर्गन अन्तरकलेज ब्वाइज फुटबल प्रतियोगिता साउन १९ गतेदेखि कीर्तिपुरमा हुने संयोजक बद्री भट्टराईले जनाएका छन् ।

Comment