काठमाडौं लिटिल ब्लजम्समा रग्वी प्रशिक्षण

rugby news
काठमाडौं लिटिल ब्लजम्स पब्लिक स्कुलमा रग्वी प्रशिक्षण कार्यक्रम सुरु भएको छ । रग्वी संघको बार्षिक कार्यक्रम अन्तरगत भएको कार्यक्रममा लिटिल व्लजम्स स्कुलका १२ बर्ष मुनीका विद्यार्थी प्रशिक्षणमा सहभागि छन् । सो स्कुलका छात्र छात्रालाई कतारका दोहा रग्वी ल्कवले जर्सी उपलब्ध गराएको छ । आगामी असोज महिनामा हुने अन्तरविद्यालय टच रग्वी प्रतियोगिताको तयारीकोे रुपमा यो प्रतियोगिता रहेको छ । कार्यक्रममा यस स्कुलका प्रिन्सिपल भानुभक्त पौडेल र मेनेजिङ्ग डाईरेक्टर पुरुषोत्तम प्याकुरेल पनि उपश्थित थिए । नेपाल रग्वी संघका महासचिब चेतनराज गिरीले दोहा रग्वी ल्कवबाट प्रदान गरिएको जर्सी तथा रग्वी वल प्रदान गरे । सो स्कुलमा अस्मीता गुरुङ्गले प्रशिक्षण गराउने छिन् ।

Comment