श्रीदिवा र साइपालको विजयी सुरुआत

binodश्रीदिवा र साइपाल एकेडेमीले प्रथम हिस प्ले अफ बास्केटबल च्याम्पियनसिपमा शनिबार विजयी सुरुआत गरेका छन् ।     शंखमूलस्थित इनोभेटिभ इङलिस स्कुलको कोर्टमा भएको उद्घाटन खेलमा श्रीदिवाले इनोभेटिभलाई ३२–२२ ले पराजित ग¥यो । विजयी टिमका लागि ज्योति गुरुङले १४ अंक जोडिन् । साइपालले हिम्सलाई ३०–२८ को साँघुरो अन्तरले हरायो । साइपालको जितमा जेनिशा सिंहले २५ अंक योगदान गरिन् ।
प्रतियोगिताको इनोभेटिभका प्रबन्ध निर्देशक अनन्त कुँवरले निर्णायक विनोद क्षेत्रीलाई बल हस्तान्तरण गरी उद्घाटन गरे ।     ‘महिला हिंसा विरुद्ध किशोरीहरु’भन्ने नाराका साथ वाइपियर (वाइपीइइआर) को सहयोगमा हिस (एचआईएसएस) ले आयोजना गरेको प्रतियोगितामा ४ विद्यालयका ४ महिला टिमको सहभागिता रहेको प्रतियोगिता संयोजक रोशन बुढाथोकीले जनाएका छन् ।
चार टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा श्रीदिवा र इनोभेटिभ तथा समूह ‘बी’मा साइपाल र हिम्स रहेका छन् । पहिले समूहमा रहेका दुई टिमले एक आपसमा ५–५ खेल ‘होम एन्ड अवे’ का आधारमा खेल्नेछन् । प्रत्येक समूहको विजेता फाइनलमा पुग्नेछन् । खेल शनिबार मात्र हुनेछ ।

 

Comment