मङ्सिरमा सातौ राष्ट्रिय खेलकुद

board meeting

राष्ट्रिय खेलकुद परिषद् (राखेप)कोे १०२औँ बोर्ड बैठकले सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिरमा गर्ने निर्णय गरेको छ । यस अघि छैटौ राष्ट्रिय खेलकुद सुदुर पश्चिममा भएको थियो । सातौ राष्ट्रिय खेलकुद पूर्वाञचलको घोषणा भने पहिल्यै भइसकेको थियो ।

युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलको अध्यक्षतामा सिंहदरबारस्थित मन्त्रालयमा शुक्रबार बसेको बैठकले ११ देखि १८ मङ्सिरेसम्म पूर्वाञ्चलमा सञ्चालन गर्ने निर्णय गरेको हो । त्यस्तै भारतमा हुने बाह्राँै दक्षिण एसियाली प्रतियोगिता (साग)मा नेपालले सहभागिता जनाउने निर्णायसमेत भएको राखेप सदस्य सचिव केशवकुमार विष्टले जानकारी दिए ।

बैठकले विभिन्न समयदेखि राखेपमा कार्यरत करार तथा ज्यालादारी कर्मचारीको स्थायी प्रक्रिया तथा दश वर्षदेखि कर्मचारीको रोकिएको बढुवा प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । गत वर्ष दक्षिण कोरियाको इन्चोन सहरमा सम्पन्न १७औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुने क्रममा घाइते तेक्वान्दो खेलाडी सक्षम कार्कीको उपचारका लागि सरकारसँग आर्थिक सहयोगका लागि पहलसमेत गर्ने निर्णय बैठकले गरेको छ ।

Comment