जोशी उपाध्यक्ष

pradip joshi

विश्वविद्यालय खेलकुद संघ नेपालका अध्यक्ष प्रदीप जोशी (टेकराज) वल्र्ड युनिभर्सिटी तेक्वान्दो महासंघको उपाध्यक्षमा चयन भएका छन् । एसियाली तेक्वान्दो च्याम्पियनसिपका स्वर्ण विजेता प्रो. चो योङ गिको अध्यक्षता बनेको ११ सदस्यीय महासंघको कार्यसमितिमा जोशीलाई उपाध्यक्षमा चयन गरिएको हो । छ महिना अघि अनलाइन मार्फत विश्वविद्यालय खेलकुद संघले जोशीको उम्मेदवारी दर्ता गराएको थियो । जोशी नेपाल तेक्वान्दो संघका उपाध्यक्ष पनि हुन् ।
२८ औं समर युनिभर्सियाड गेम– २०१५ का लागि जोशीको नेतृत्व नेपाली टोली अहिलो दक्षिण कोरियाको ग्वाङजुमा रहेको छ ।
युनिभर्सियाड मंगलबारसम्म हुँदैछ । युनिभर्सियाडमा नेपालले विभिन्न ७ खेलमा १९ खेलाडी सहभागी गराएको थियो । नेपाल पदकविहीन रह्यो ।

Comment