ढोरपाटन कप ब्याडमिन्टन साउनमा

bad
नेपाल ब्याडमिन्टन संघको तत्वाबधान तथा ढोरपाटन स्पोर्ट्स प्रशिक्षण क्लबको आयोजनामा २७ देखि ३० साउनसम्म “ ढोरपाटन कप ” मेन्स डबल्स ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिताको लागत रकम ४ लाख ४० हजार रुपैया रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक ढोरपाटन स्पोर्ट्स प्रशिक्षण क्लबका प्रमुख मनबीर छन्त्यालले बताए ।
प्रतियोगितामा नेपालका शिर्ष २० बरियताका खेलाडीले सहभागि हुन पाउने छैनन् । प्रतियोगितामा दर्ता शुल्क प्रति टोली १ हजार ५ सय रुपैया राखिएको छ । उपाधि विजेता जोडीले २५ हजार , उपविजयी टोलीले १५ हजार तथा सेमिफाइनल प्रबेश गनेै जोडीले आठ हजार रुपैया पुरस्कार पाउने छन् । प्रतियोगिता हालै नया बसपार्कको लक्ष्मी नगरमा निमार्ण गरिएको ब्रदर्श स्पोर्ट्स सेन्टरमा हुने छ ।
प्रतियोगिता सञ्चालनका लागि कपिल जीसीको संयोजकत्वमा २५ सदसीय मुल आयोजक कमिटी गठन गरिएको छ । यसैगरी, आर्थिक कमिटीका संयोजकमा अर्जुन छन्त्याल, ग्राउन्ड ब्यबस्थापन कमिटीको संयोजकमा कुमार बस्नेत, अफीसयल ब्यबस्थापन समितीको संयोजकमा महेन्द्र शेरचन, सुरक्षा ब्यबस्थापन समितीको संयोजकमा श्याम थापा तथा अतिथी सत्कार समितीको संयोजकमा खुम गाउले रहेका छन् । प्रचार समितीको संयोजकमा सुर्य छन्त्याल, कलाकार ब्यबस्थापनन समितीको संयोजकमा कालिका रोका तथा पुरस्कार ब्यबस्थापन समितीको संयोजकमा सरोज घर्ती छन्  ।

Comment