करार कर्मचारीको समस्या चाडो समाधान हुन्छ ः सदस्य सचिव विष्ट

rakhepa karma chari
राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले नव नियुक्त सदस्य सचिव केशब विष्टलाई सोमवार स्वागत गरेको छ । स्वागत कार्यक्रममा बोल्दै सदस्य सचिव विस्टले करार कर्मचारीको समस्या प्रक्रियागत रुपमा एक बर्ष भित्र हल हुने बताए । उनीले आफै राष्ट्र सेवक कर्मचारी भएको स्मरण गराउदै भने कर्मचारीको समस्याबारे  अवगत भएकाले विगत १० बर्ष देखि बढुवा नभएका कर्मचारीहरुको बढुवा प्रक्रिया अघि बढाउन निर्देशन दिइसकेको छु । सदस्य सचिव बिष्टले थपे पुरस्कार र दण्डको ब्यबस्था हुन्छ, हामी कर्मचारी इमान्दार पुर्वक आफ्नो कार्य गरौं ।
कर्मचारी संघका अध्यक्ष रञ्जन कुमार थापाले कर्मचारीको समस्या अवगत गराए । विभागीय प्रमुख कमल खनाल, तालीम तथा प्रशिक्षण विभाग प्रमुख तिलक राउत र  कर्मचारी संघका सस्थापक अध्यक्ष एबं उप निर्देशक बृजेन्द्र हमाल र कर्मचारी संघकी उपाध्यक्ष सरस्वती केसी भण्डारी लगायतले  सदस्य सचिवको कार्यकालको शुभकामना दिदै खेलकुद विकास र विस्तारका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

Comment