राखेप र एनओसी नेतृत्व साग बैठकका लागि दिल्ली प्रस्थान

dhurba bdr pradhane
मित्र राष्ट्र भारतमा हुने १२ औ दक्षिण एशियाली खेलकुद (साग) तयारीको बैठकमा भाग लिन राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार बिष्ट, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष धु्रवबहादुर प्रधान, महासचिव जिवनराम श्रेष्ठ सोमवार त्यसतर्फ प्रस्थान गरेका छन् । अन्तर्राष्ट्रिय एयरपार्टमा प्रस्थान गर्ने क्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार बिष्टले नेपालको सहभागिता र  तयारीको बारेमा छलफल गर्ने बताए । उनले बिगतमा सहभागिता जनाउने गरेका खेल अलवा मेडलका सम्भावन रहेका अन्य खेलको सहभागिताका बारेमा पनि लभिङ गरिने जानकारी गराए । सदस्य–सचिव बिष्टले बैठककै दौरान नेपाली खेलकुदको बिकास बिस्तारका बारे देशका खेलकुद निकायका नेतृत्वसग छलफल गरिने बताए ।
उनले बिनाशकारी भुकम्पबाट प्रभाबित नेपाली खेलकुद र त्यस पछिको परिस्थितिका  बारेमा समेत  छलफल गरिने जानए । सोही अवसरमा नेपाल ओलम्पिक कमिटि महासचिव जिवनराम श्रेष्ठले दक्षिण एशियाली  बैठकले आयोजनाको मिति,समय,स्थान र खेल संख्याको बारेमा निर्णय गर्ने बताए । २३ अषारमा  हुने एक दिने बैठकमा  राखेपका उपाध्यक्ष एवंम् एनओसीका सह–महासचिव लामा टेण्डी शेर्पाले पनि सहभागिता जनाउने छन् । नेपाल बास्केटबल संघका अध्यक्ष समेत रहेका लामा दक्षिण एशियाली बास्केटबल च्याम्पियनशिपका लागि बैग्लौर गएका थिए ।

 

Comment