नेपालले दुई खेलमा प्रतिस्पर्धा गदै

logo
दक्षिण कोरियाको ग्वाङजुमा जारी २८ औं समर युनिभर्सियाड गेम– २०१५ अन्तर्गत सोमबार नेपालले दुई खेलमा सहभागिता जनाउदै छ । नेपालले आर्चरी र फेन्सिङमा प्रतिस्पर्धा गर्न लागेको हो ।    आर्चरीको पुरुष व्यक्तिगत रिकर्भ ७० मिटर दूरीको इलिमिनेसन राउन्डमा प्रकाश गुरुङले मंगोलियाका खेलाडी विरुद्ध प्रतिस्पर्धा गर्नेछन् ।  ग्वाङजु अन्तर्राष्ट्रिय आर्चरी सेन्टरमा हुने आर्चरीको सोही स्पर्धाको महिलातर्फ कृष्णामाया स्याङतानले स्लोभाकियाकी खेलाडीसंग प्रतिस्पर्धा गर्ने छिन् ।
फेन्सिङको पुरुष फोइल स्पर्धामा सन्जिप लामाले भाग लिने छन् । फेन्सिङकै महिलातर्फ नेपालको प्रतिनिधित्व गरेकी राखी शर्मा प्रतियोगिताबाट बाहिरी सकेकी छन् ।
नेपालले विभिन्न ७ खेलमा १९ खेलाडी उतारेको छ । उक्त दुई खेलसंगै नेपालले तेक्वान्दो, टेबलटेनिस, पौडी, ब्याडमिन्टन र लनटेनिसमा सहभागिता जनाएको छ । १ खेलाडी सहभागी लनटेनिसमा प्रीति बरालको पराजयसंगै नेपालको चुनौती समाप्त भएको छ ।
जुलाई १४ तारिखसम्म चल्ने युनिभर्सियाडमा विभिन्न १ सय ४६ राष्ट्रका करिब १३ हजार खेलाडी सहभागी छन् ।

Comment