रग्वीलाई सागमा प्रवेश गराउन आग्रह

keshav bistae
नेपाल रग्वी संघले आइतवार राष्ट्रिय खेलकुद परिषदका नव नियुक्त सदस्य सचिव केशव वहादुर विष्टलाई स्वागत र शुभकामना कार्यक्रमको आयोजना गरयो ।
संघका अध्यक्ष टंक घिसिङले राखेप सदस्य सचिव विष्टलाई सम्मानपत्र प्रदान गर्दे उहांको कार्यकालको शुभकामना दिए । सो अवसरमा सदस्य सचिव विष्टले आफनो कार्यकाल स्वर्णिम हुने बताउनु भएपनि त्यो काम निकै चुनौतीपुर्ण हुने बताए । उनले भने– हेर्दा सजिलो छ, तर यो काम सजिलो छैन । यहां संघमा, ओलम्पिकमा र खेलाडीहरु विचमा समेत गुटवन्दी छ। हामी सवै मिलेर यसलाई समाधान गर्नुछ । मलाई विश्वास छ म यो गरेर देखाउछु ।
कार्यक्रममा राखेपका नव सदस्य राजेन्द्र श्रेष्ठ र समिउल्लाहलाई पनि सम्मान गरिएको थियो ।
संगम स्विट्समा गरिएको कार्यक्रममा संघका महासचिव चेतनराज गिरीले नेपालमा रग्वीले अहिलेसम्म गरेको काम र त्यसको प्रगतीबारे जानकारी दिएका थिए । उनले भारतमा ६ महिना पछि हुन लागेको साग गेम्समा रग्वीलाई राख्ने लगभग निश्चित भएकोले त्यसमा नेपालले पनि भाग लिन सहज बातावरण बनाइदिन सदस्य सचिवलाई आग्रह गरेका थिए ।
संघका सदस्य गोविन्द भटटराईले रग्वी नेपालको भोलीको चर्चित खेल हुन सक्ने सम्भावनाका विभिन्न तथ्यहरुको बारेमा चर्चा गरे ।

Comment