बंगलादेशमाथि नेपालको जित

भारतमा जारी दक्षिण एसियाली बास्केटबल च्याम्पियनसीपमा नेपाललाई बंगलादेशलाई ८७–७४ ले पराजित गरेको छ । नेपालका सदिस प्रधानले १७ तथा असिम श्रेष्ठले १४ स्कोर गरे । बंगलादेशका मिथुन बिश्वासले २४,मिथुन सोर्कानले २२ तथा मोहम्मद तारिक अजिजले १६ स्कोर गरे ।
शनीबार नै भएको खेलमा नेपाल माल्दीभ्ससंग ७२–६८ ले पराजित भयो । पहिलो खेलमा नेपाल भारतसंग पराजित भएको थियो । भूकम्पका कारण सहभागिता अन्योलमा रहेको नेपालको उपस्थिती पछि भारतीय बास्केटबाल महासंघल यातायात खर्च प्रयोजन गर्ने प्रतिबद्धता जनाएको सञ्चारमाध्यमले जनाएका छन् ।

Comment