बास्केटबल टोली दक्षिण एसियाली च्याम्पियनसीपमा

basketball1
मित्र राष्ट्र भारतको बाग्लौरमा ३ देखि ५ जुलाइसम्म संचालन हुने चौथो साउथ एशियन च्याम्पियनशिपमा सहभागि हुने नेपाली पुरुष बास्केटबल टोलीलाई नेपाल ओलम्पिक कमिटि(अन्तर्राष्ट्रिय मान्यता प्राप्त) का अध्यक्ष धु्रववहादुर प्रधान महासचिव जिवनराम श्रेष्ठ, राखेपका उपाध्यक्ष एवंम् नेपाल बास्केटबल संघका अध्यक्ष लामा टेन्डि शेर्पाले खेलाडी बिदाई गरे ।
बास्केटबल प्रशिक्षक विकास शाहीको नेतृत्वमा जाने टोलीको टिम कप्तान सदिस प्रधान रहेका छन् । त्यसतर्फ जाने अन्य खेलाडीमा राजिव महर्जन, बिनोद श्रेष्ठ, सन्जय ब्यन्जनकार, बिनोद महर्जन, युक्तभत्त माथेमा, आयुष सिंह, बिजय पुर्जा, बिक्रम जोशी, असिम श्रेष्ठ, सुब्रोतराजउपाध्य र अजय कुसुवा रहेका छन् । बिहिवार प्रस्थान गर्ने टिमको प्रशिक्षकमा दिनेशचन्द्र नकर्मी र सहायक प्रशिक्षकमा रबिन्द्र मर्हजन रहेका छन् । प्रतियोगिता २८औं फिवा एशिएन च्याम्पियनशिपको छनोट खेल पनि हो ।

Comment