विवाद समाधान गर्ने बाचा

sports noc1
राष्ट्रिय खेलकुद परिषद (राखेप)का नव नियुक्त सदस्य सचिव केशव कुमार बिष्टले नेपाल ओलम्पिक कमिटीको विवाद समाधानमा जोड दिएका छन् । नेपाल ओलम्पिक कमिटिले बुधवार आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा सदस्य सचिव बिष्टले अभिभावकको भुमिका निर्वाह गर्नु पर्ने संस्थाले नै विवाद निम्त्याएको बताए । मन्त्रालय,ओलम्पिक कमिटि,संघ संस्था सवैमा बिवाद निम्त्याउने काम भएको उनले बताए ।
नेपाल ओलम्पिक कमिटिका अध्यक्ष धु्रववहादुर प्रधानले खेलकुदमा बिवाद नभइ बिकास आबस्यक भएको बताए ।
महासचिव जिवनराम श्रेष्ठले ओलम्पिक कमिटी सरकारसग समन्वय गरेर अघि बढ्न तयार रहेको बताए । सातदोबाटो स्थित एनओसीको भवनमा आयोजित नवनियुक्त राखेप सदस्य–सचिव बिष्टको स्वगत तथा बधाई कार्यक्रममा राखेपका उपाध्यक्ष लामा टेन्डि शेर्पा,एनओसी पदाधिकारी,बिभिन्न राष्ट्रिय संघका अध्यक्षलगायतको उपस्थिति रहेको थियो ।

Comment